+
+
Shares

अमरेशको प्रश्न- गरिबले उपचार पाइरहेका छैनन्, राज्य संवेदनशील हुनुपर्ने होइन ?

‘गरिबले उपचार पाइरहेका छैनन्, गृहिणीले ग्यास पाइरहेका छैनन्, युवाले रोजगार पाएका छैनन्, किसानले मल पाएका छैनन्, गाउँघरका जनताले सिटामोल पाएका छैनन् । यो राज्यसंयन्त्र कसरी चलेको छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते २१:२९
फाइल तस्वीर

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद अमरेशकुमार सिंहले जनताका समस्याबारे राज्य संवेदनशील नभएको बताएका छन् । काभ्रेपलाञ्चोकका वृद्ध दम्पत्तिले उपचार नपाएर सुनकोशी नदीमा आत्मदाह गरेको प्रशंगमा फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद सिंहले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका हुन् ।

‘काभ्रेका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोशीमा हाम फालेको सत्य हो भने यो राज्यको लागि ऐना हो,’ सांसद सिंहले लेखेका छन्, ‘श्रीमतीलाई क्यान्सर उपचार नहुँदा दुवैजना एकैपटक खोलामा हाम फाल्नु चानचुने कुरा होइन ।’

उनले गरिब जनता समस्या नै समस्यामा रहेको उल्लेख गरेका छन् । ‘गरिबले उपचार पाइरहेका छैनन्, गृहिणीले ग्यास पाइरहेका छैनन्, युवाले रोजगार पाएका छैनन्, किसानले मल पाएका छैनन्, गाउँघरका जनताले सिटामोल पाएका छैनन्,’ उनले अगाडि लेखेका छन्, ‘यो राज्यसंयन्त्र कसरी चलेको छ ? यसमा राज्य संवेदनशील हुनुपर्ने होइन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?