+
+
Shares

राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता एमालेबाहेक अरू दलसँग छैन : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै मुलुकको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताउनुभयो ।
  • महासचिव पोखरेलले पार्टी र आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको उल्लेख गर्नुभयो ।
  • उनले कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्दै जनताको भावना बुझेर अघि बढेमा मात्र एमालेले वर्तमान चुनौतीहरूको सामना गर्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो ।

२३ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताएका छन् ।

शनिबार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

महासचिव पोखरेलले जुन कारणले पार्टी र आन्दोलन कमजोर भएको हो, ती समस्याहरूको पहिचान र सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको उल्लेख गरे ।

पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा महासचिव पोखरेलको जोड थियो ।

‘आज तपाईंहरू पार्टी निर्माण, संगठनका चुनौती र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहनुभएको छ । स्वाभाविक रूपमा, हाम्रो पार्टी र आन्दोलन कमजोर हुनुका कारणहरू पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको पार्टी निर्माण र संगठन सुदृढीकरणको मुख्य विषय हो,’ उनले भने ।

कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसके पनि जनताको मनोविज्ञान र भावना बुझेर अघि बढेमा एमालेले नै वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने दाबी गरे ।

‘कार्यकर्ता पलायन भइसकेपछि भोलि पार्टी नयाँ ढंगले अघि बढ्दा उनीहरूलाई फर्काउन गाह्रो हुन्छ । हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्ने संकल्प गर्ने हो भने आजका चुनौती सामना गर्ने सामर्थ्य यही पार्टीसँग छ । राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता यही पार्टीबाहेक अरू कुनै पार्टीसँग छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम के हुँदो रहेछ भन्नेकुरा आज हामीले भोगिरहेका छौँ । त्यसैले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो हो भन्ने कुरामा हामी सबैले भरोसा गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?