+
+
Shares

संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत प्रश्नको घेरामा छ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले संघीयता, लोकतन्त्र र गणतन्त्र प्रश्नको घेरामा परेको दाबी गरेका छन् ।
  • राजनीतिमा सुधार र शुद्धीकरण गर्ने उद्देश्यले विभिन्न आन्दोलनका अनुभव समेट्दै अग्रगामी मोर्चा गठन गरिएको उनले बताए ।
  • सुकुमवासी समस्या समाधान गर्न वैज्ञानिक विधि अपनाउँदै वास्तविक सुकुमवासी र भू-माफिया पहिचानका लागि संयुक्त संयन्त्र बनाउने योजना मोर्चाले अघि सारेको छ ।

२३ साउन, काठमाडौं । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत प्रश्नको घेरामा परेको दाबी गरेका छन् ।

शनिबार अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै उनले परराष्ट्र नीतिका सम्बन्धमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकी मुलुकहरूसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध विस्तार गर्ने नीति लिइएको जिकिर गरे ।

साथै, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका मुद्दालाई सम्बोधन गर्न विभिन्न आन्दोलन तथा संघर्षबाट आएका राजनीतिक शक्ति र नेताहरूबीच हाल साझा अभियान आवश्यक रहेको उनको भनाइ छ ।

‘राजनीतिक दल तथा नेतृत्वले विगतका कमजोरीको निर्मम समीक्षा र आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने छ । राजनीतिमा सुधार र शुद्धीकरण गर्ने उद्देश्यले अग्रगामी मोर्चा गठन गरिएको हो,’ शर्माले भनेका छन् ।

जनयुद्ध, जनआन्दोलन, सडक तथा संसदीय संघर्षसँगै मधेश, थारुवान, जनजातिलगायतका आन्दोलनबाट प्राप्त अनुभवलाई एकीकृत गर्दै अग्रगामी मोर्चा गठन गरिएको उनको भनाइ छ ।

लामो समयदेखि थाती रहेको सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि वैज्ञानिक र मानवीय दृष्टिकोण अपनाइने पनि उनले बताए ।

वास्तविक सुकुमवासी र भू–माफियाको पहिचान गर्न संघ, प्रदेश र स्थानीय तहको संयुक्त संयन्त्र बनाउने मोर्चाको योजना रहेको जानकारी उनले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?