+
+
Shares

सरकारबारे रवि– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन

उनले सरकार आफ्नो वाचा अनुसार काम गरिरहेको दाबी गरे । रास्वपा नेतृत्वको सरकारले असल नियतका साथ उक्त जहाजलाई गन्तव्यमा पुर्‍याउले लामिछानेको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते २१:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले आफ्नो दल नेतृत्वको सरकारले देशलाई गन्तव्यमा सुरक्षित पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • उनले सरकार सञ्चालनका क्रममा आउने समस्यालाई जहाजको टर्बिलेन्ससँग तुलना गर्दै नआत्तिन आग्रह गरेका छन् ।
  • लामिछानेले अप्ठेरो परिस्थिति सम्हाल्न सक्ने गार्जियनसिप आफ्नो पार्टीसँग रहेको र असल नियतका साथ काम गरिरहेको दाबी गरे ।

२३ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू नेृतृत्वको दलले सञ्चालन गरिरहेको सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कहिलेकाहीँ जहाज बादलको टुक्रामा पुग्दा टर्बिलेन्स ९हलचल० हुने भए पनि त्यतिमै दुर्घटना हुन लागेको वा भएको भनेर बुझ्न नहुने उनको भनाइ थियो ।

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिंडेका छौं । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं । हामी छौं,’ सभापति लामिछानेले थप आश्वस्त पार्दै भने, ‘अप्ठेरो पर्‍यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईंहरू जस्तै केही गरौं भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ ।’

उनले सरकार आफ्नो वाचा अनुसार काम गरिरहेको दाबी गरे । रास्वपा नेतृत्वको सरकारले असल नियतका साथ उक्त जहाजलाई गन्तव्यमा पुर्‍याउले लामिछानेको भनाइ छ ।

‘यात्रामा हिंडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन । हामी सहि ढंगले असल नियतका साथ जहाजलाई गन्तव्यमा पुर्‍याउँछौं,’ सभापति लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?