+
+
Shares

१५ वर्षीय किशोर १६ दिनदेखि सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको तारकेश्वर नगरपालिका-१० का १५ वर्षीय समिप खड्का साउन ८ गतेदेखि सम्पर्कविहीन भएका छन्।

२४ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजु बस्दै आएका १५ वर्षीय समिप खड्का १६ दिनदेखि सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार उनी साउन ८ गते शुक्रबार अपराह्न करिब ४ बजे घरबाट बाहिरिएका थिए । त्यसपछि अहिलेसम्म घर फर्किएका छैनन्।

उनीसँग कुनै सम्पर्क पनि हुन सकेको छैन ।

परिवारका अनुसार समिप केही समयदेखि नियमित रूपमा घरमा आउने थिएनन् । उनी घरमा कोही नभएको समयमा दिउँसो आउने, आफूलाई मनपर्ने खाना र दिउँसै बाहिरिने गरेका थिए । साउन ७ गते बिहीबार पनि उनी घर आएको एक जना बहिनीले परिवारलाई जानकारी गराएकी थिइन् ।

लामो समयसम्म घर नफर्किएपछि आमा, बुबासहित परिवारका सदस्य चिन्तित भएका छन् । परिवारका अनुसार उनले साथीहरूसँग लुगा साटेर लगाउने गरेका कारण उनी हराएको समयमा लगाएको पोसाकबारे यकिन जानकारी दिन कठिन भएको छ । परिवारले उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार उनी शुक्रबार रातो चेक सर्ट र खैरो ट्राउजर लगाएर घरबाट निस्किएका थिए ।

समिपको मोबाइल सम्पर्क तथा हालको अवस्थाबारे परिवारलाई कुनै जानकारी छैन । उनी कहाँ गएको हुन सक्छन् भन्नेबारे पनि परिवार अनभिज्ञ रहेका छन् ।

समिपलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

समिप खड्काबारे जानकारी भए परिवारसँग ९७०७७९५२८४ सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?