News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश देखिएको बताएका छन् ।
- थापाले नागरिकमा रहेको आक्रोश कांग्रेसका लागि खुसीको नभई चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
- थापाले नागरिकको यो आक्रोश फागुन २१ गतेको मत परिणाममा एकमुष्ट रूपमा प्रकट भएको बताउँदै सचेत हुन आग्रह गरेका छन् ।
२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिकबाट तीन थरी धारणा प्राप्त गरेको बताएका छन् ।
आजबाट सुरु भएको केन्द्रीय समितिमा बोल्ने क्रममा सभापति थापाले आफूले नागरिहरुसँग कुरा गरिरहेको र उनीहरुले अनिश्चिता, हतास र आक्रोश भेटेको बताए । सभापति थापाले भने,‘केही नागरिककमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन । भोलि पनि हुन्न भने हतास भएको पाउँछु । केही नागरिकलाई आक्रोश छ ।’
त्यही कारणले प्रधानमन्त्री बालेन्द्रको दुईदिन अघिको स्टाटस र रास्वपा सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्ति आएको सभापति थापाले आकलन गरे । नागरिकमा रहेको आक्रोशबाट कांग्रेस खुसी नभई चिन्ता लिनुपर्ने बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा र तत्कालीन पार्टी सभापति शेरबहादुर देउवालाई नागरिक हामीसँग रिसाएको गत भाद्र ८ गते संसदमा बताएको सभापति थापाले स्मरण गराए ।
साथै, केन्द्रीय समितिको बैठकमा नागरिकले प्रतिरोध गर्नसक्ने तर्फ सचेत गराएको बताए । त्यतिबेला केन्द्रीय समितिमा भनिएको स्मरण गर्दै भने,‘जनताको बारेमा कसैले जिम्मेवारी लिनु आवश्यक छैन भनियो । नागरिक र जनताको बारेमा तिमिहरुले भनेर हुँदैन भनियो । हामीले जितेर आएका छौं भनियो ।’
२३ र २४ भदौ एकाएक नआएको बताउँदै सभापति थापाले आक्रोश एकमुष्ट अवस्था फागुन २१ गते व्यालेटमा देखिएको बताए ।
प्रतिक्रिया 4