+
+
Shares

दोलालघाटबाट बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा भेटियो, केदारनाथको अवस्था अझै अज्ञात

तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।

कपिल कोइराला कपिल कोइराला
२०८३ साउन २४ गते १६:३०
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको दोलालघाटबाट बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सुनकोशी नदीमा फेला परेको छ ।
  • प्रहरीले शवको पहिचान काटिएको कपाल र पिसाब थैलीका आधारमा पुष्टि भएको जनाएको छ ।
  • बेपत्ता रहेका तिलकुमारीका श्रीमान् केदारनाथ पराजुलीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२४ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सीमास्थित सुनकोशी नदीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ मा तिलकुमारीको शव फेला परेको हो ।

‘आइतबार ओखलढुंगाको सुनकोशी नदीकिनारामा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएको थियो । पराजुलीको काटिएको कपाल र पिसाब थैलीको आधारमा शव पुष्टि भएको हो,’ विष्टले भने ।

तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।

तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् ।

बुधबार रातिदेखि नै सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले उनीहरूको खोजी कार्यलाई जारी राखेका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?