+
+
Shares

सीसीटीभी र कुकुरबाट निगरानी गर्दै लागुऔषध कारोबार

सीसीटीभी र कुकुरमार्फत निगरानी गर्दै लागुऔषध कारोबार गरेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट २९ वर्षीय प्रज्वल केसीलाई ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
  • पक्राउ परेका केसीले सीसीटीभी र कुकुरमार्फत प्रहरीको निगरानी गर्दै आफ्नो घरबाट लागुऔषधको अवैध कारोबार गर्ने गरेको ब्युरोका एसपी दुर्गा रेग्मीले बताए ।
  • यसअघि पनि लागुऔषध मुद्दामा कारागार बसेका केसीले ग्राहक पहिचानका लागि घरमा सीसीक्यामेरा र फलामे गेटसहित सुरक्षा प्रबन्ध मिलाएको प्रहरीले उल्लेख गरेको छ ।

२४ साउन, काठमाडौं । सीसीटीभी र कुकुरमार्फत निगरानी गर्दै लागुऔषध कारोबार गरेको पाइएको छ ।

यसरी लागुऔषध कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका २९ वर्षीय प्रज्वल केसी छन् ।उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो ।

पक्राउबाट बच्न उनी सीसीटीभी र कुकुरमार्फत प्रहरीको निगरानी गर्दै कारोबार गर्ने गरेको प्रहरीले बताएको छ ।

उनले ग्राहकको पहिचान गर्न घरमा ४ वटा सीसीक्यामेरा जडान गरेको र २ वटा कुकुर पालेको र लागुऔषध कारोबार गर्ने बेडसम्म पुग्न ३ वटा फलामे गेट राखेको प्रहरीले बताएको छ ।

उनी लागुऔषध मुद्दामा यसअघि पनि पक्राउ परेर कारागार परेका थिए । कारागारबाट छुटेपछि फेरि त्यही धन्दा सुरु गरेको ब्युरोका एसपी दुर्गा रेग्मी बताउँछन् ।

उनीबाट ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइन, तौलने तराजु बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?