News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ कायम गरेको छ ।
- अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
- चाँदीको मूल्यमा भने प्रतितोला २५ रुपैयाँको वृद्धि भई ४ हजार ६ सय ७० रुपैयाँ पुगेको छ ।
२५ साउन, काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार जम्मा २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।
विगत पाँच कारोबार दिनलाई हेर्दा सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4