+

चालोबाह चेल्सी छाडेर कोमोमा

२०८३ साउन  २५ गते १३:४४ २०८३ साउन २५ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका डिफेन्डर ट्रेभो चालोबाह ३० मिलियन पाउन्डभन्दा बढीको सरुवा शुल्कमा चेल्सीबाट इटालियन क्लब कोमोमा अनुबन्धित भएका छन्।
  • चालोबाहले कोमोसँग पाँच वर्षको सम्झौता गरेका छन् र उनी बाल्यकालदेखि आबद्ध रहेको चेल्सी क्लबबाट बिदा भएका छन्।
  • कोमोका प्रशिक्षक सेस फाब्रेगासले चालोबाहको नेतृत्व क्षमताले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

२५ साउन, काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर ट्रेभो चालोबाह इटालियन क्लब कोमोमा अनुबन्ध भएका छन् ।

२७ वर्षीय चालोबाहले कोमोसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी ३० मिलियन पाउन्डभन्दा बढीको रकममा चेल्सीबाट कोमो पुगेका हुन् । चेल्सीले सुरुवाती रूपमा २५.७ मिलियन पाउन्ड पाउनेछ भने थप ५.१ मिलियन पाउन्ड बोनसका रूपमा प्राप्त गर्न सक्नेछ ।

चालोबाहले बाल्यकालदेखि नै आबद्ध रहँदै आएको चेल्सी छाडेका हुन् । उनले क्लबका लागि सबै प्रतियोगितामा १५१ खेल खेल्दै पाँच उपाधि जितेका छन् । यसमा २०१८ को एफए कप र २०२५ को कन्फरेन्स लिग पनि छन् ।

चालोबाहले इप्सविच, हडर्सफिल्ड, लोरियन्ट र क्रिस्टल प्यालेसबाट लोनमा समेत खेलेका थिए । इंग्ल्यान्डका लागि उनले दुई खेल खेलेका छन् ।

कोमोका प्रशिक्षक सेस फाब्रेगासले चालोबाहलाई महत्वपूर्ण अनुबन्ध भन्दै उनको नेतृत्व क्षमताले टोलीलाई थप बलियो बनाउने बताए ।

कोमोले गत सिजन सिरी ‘ए’ मा चौथो स्थान हासिल गर्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको थियो ।

-बीबीसीबाट

कोमो चेल्सी ट्रेभो चालोबाह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय