News Summary
Generated by OK AI. Editorially reviewed.- खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयबाट एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा मनोनित भएका छन्।
- राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम रिक्त पदमा नियुक्त दुवै सदस्यको कार्यकाल चार वर्षको हुने मन्त्रालयले जनाएको छ।
- खेलकुद मन्त्री पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो।
२५ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ मनोनित भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट चौधरी र नाथ राखेप बोर्ड सदस्य मनोनित भएका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा २ को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा मनोनयन गरिएको खेलकुद मन्त्रालयले जनाएको छ । दुवैको कार्यकाल ४ वर्षको हुनेछ ।
उनीहरुलाई खेलकुद मन्त्री पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरे ।
प्रतिक्रिया 4