News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट सङ्घले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडिआई कप्तानमा नियुक्त गरेको छ ।
- क्यानले रोहित पौडेललाई उक्त जिम्मेवारीबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानको रूपमा चयन गर्ने निर्णय गरेको हो ।
- सन्दीप लामिछानेले अब नेपाली टोलीको ओडिआई फर्म्याटको नेतृत्व गर्ने भएका छन् ।
२५ साउन, काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने नेपाली ओडीआई क्रिकेट टोलीको कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तान नियुक्त गरेको हो ।
सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो ।
सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् ।
सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् ।
आइसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो । याेसँगै राेहितले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन् ।
क्यानले यसअघि दीपेन्द्रसिंह ऐरीलाई टी–२० को कप्तान नियुक्त गरेको थियो ।
प्रतिक्रिया 4