+
+
Shares

ग्लोबल आईएमई बैंकको नाइमा अफर, ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्स्पोका अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
  • नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलव ५ प्रतिशत प्रिमियम थपेर कर्जा लिन पाउने छन्।
  • ईभी गाडी खरिदकर्ताका लागि बैंकले तीन वर्षसम्म ५ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ।

२६ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलव ५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् ।

जसअनुसार, हालको आधारदरमा न्यूनतम् ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ । बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ ।

साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ ईभी गाडी किन्ने ग्राहकलाई ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ ।

साथै बैंकले नाइमा अटो एक्स्पोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकलाई कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ । बैंकको उक्त स्टलबाटै ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था रहेको छ ।

‘ग्राहकहरुले कागजपत्र पूरा गरेपश्चात् गाडी किन्नको लागि अधिकतम् तीन दिनमै स्वीकृति प्रदान गर्नेछ’ बैंकले विज्ञप्तिमा भनेको छ ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?