News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।
- रोनाल्डो र जर्जिनाले ११ अगस्टमा लिस्बननजिकैको कास्काइस सहरमा स्थानीय विधिअनुसार विवाह गरेका हुन्।
- विवाहमा उनीहरूका पाँच सन्तान उपस्थित थिए र रोनाल्डोले सामाजिक सञ्जालमार्फत विवाहको औंठी लगाएको तस्वीर सार्वजनिक गरेका छन्।
२७ साउन, काठमाडौं । पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल-इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले पोर्चुगलमै स्थानीय विधिअनुसार विवाह गरेका हुन्।
रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको औंठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक भएको ६ घण्टामै त्यसमा एक करोड ६८ लाखभन्दा बढी लाइक आएको बताइएको छ।
पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र जर्जिनाले ११ अगस्टमै लिस्बननजिकै समुद्र किनारमा रहेको कास्काइस सहरमा विवाह गरेका हुन्। विवाह समारोहमा उनीहरूका पाँच सन्तान पनि उपस्थित थिए।
रोनाल्डो र जर्जिना पछिल्लो १० वर्षदेखि सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित एउटा गुच्ची स्टोरमा भएको थियो। त्यतिबेला जर्जिना उक्त स्टोरमा काम गर्थिन् भने रोनाल्डो स्पेनको चर्चित क्लब रियल म्याड्रिडबाट खेलिरहेका थिए।
दुवैले गत वर्ष ११ अगस्टमै इन्गेजमेन्ट भएको घोषणा गरेका थिए। त्यसबेला जर्जिनाले आफ्नो इन्गेजमेन्ट औँठीको तस्वीर सार्वजनिक गर्दै रोनाल्डोसँग यो जीवन मात्र नभई आफूले बाँच्ने हरेक जीवनमा पनि सँगै रहन तयार रहेको भाव व्यक्त गरेकी थिइन्।
रोनाल्डो र जर्जिनाको सम्बन्ध लामो समयदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चामा रहँदै आएको थियो।
View this post on Instagram
प्रतिक्रिया 4