News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको ठूली भेरी नगरपालिकामा एक्स्काभेटर दुर्घटना हुँदा ४२ वर्षीय चालक मनवीर रोकायाको मृत्यु भएको छ ।
- सडकको ट्र्याक खोल्ने क्रममा एक्स्काभेटर ५० देखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
- घाइते रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएकामा उपचारकै क्रममा उनको निधन भएको हो ।
२७ साउन, डोल्पा । डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठूली भेरी नगरपालिका-६ काँडातालीका ४२ वर्षीय मनवीर रोकाया रहेका छन् ।
ठूली भेरी नगरपालिका-२ लोचा गाउँसम्म सडकको ट्र्याक खोल्ने क्रममा बा.प्र ०१-००१ ग ४२१० नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सदरमुकाम दुनैदेखि लोचासम्मको सडकको ट्र्याक खुला गरिरहेको एक्स्काभेटर दुर्घटनामा परी सडकबाट करिब ५०/६० मिटर तल खसेको थियो ।
प्रहरीले दुर्घटनामा परेको एक्स्काभेटर ठूली भेरी नगरपालिकाको रहेको खुलेको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4