+

राखेप बोर्ड बैठक आज बस्दै, एन्फा निलम्बन देखि दशौँ राष्ट्रिय खेलकुदसम्म छलफल हुने

२०८३ साउन  २८ गते ११:०८ २०८३ साउन २८ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औं बोर्ड बैठक आज दिउँसो १ बजे शिक्षा तथा खेलकुद मन्त्रालयमा बस्ने भएको छ ।
  • आठ महिनापछि बस्न लागेको यस बैठकमा दशौँ राष्ट्रिय खेलकुदको मिति, बजेट र एन्फा निलम्बनको विषय मुख्य एजेन्डाका रूपमा रहेका छन् ।
  • बैठकले एसियन गेम्सको तयारी, प्राविधिक कर्मचारीको करार नियुक्ति र खेल संघहरूको नवीकरण लगायतका महत्त्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेको छ ।

२७ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज बस्दैछ । बोर्ड बैठक दिउँसो १ बजे सिंहदरवारस्थित शिषा तथा खेलकुद मन्त्रालयमा बस्नेत राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।

करिब ८ महिनापछि बस्न लागेको राखेपको यो बोर्ड बैठक  १२५औं बोर्ड बैठक हुनेछ । पछिल्लो पटक  गत पुस ९ गतेपछि राखेपको बोर्ड बैठक बसेको थियो । नयाँ सरकार आएपछि पहिलो पटक राखेपको बोर्ठ बैठक बस्न लागेको छ ।

राखेपको बोर्ड बैठकमा अहिलेको चर्चामा रहेको एन्फा नलिम्बनको विषय देखि दशौँ राष्ट्रिय खेलकुदको मिति र खेल संख्या तय लगायत विभिन्न एजेन्डाहरु समावेश गरिएको छ । एसियन गेम्समा सहभागि हुनेको सख्या देखि बजेट अनुमोदन गर्ने लगायत एजेन्डामा पनि छलफल हुनेछ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्‌का अध्यक्षबाट परिषद्‌का सदस्य सचिवलाई प्रत्यायोजित अधिकारको अनुमोदन गर्ने,खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने, खेल संघ नविकरण र अनुदान तथा खेलाडी कल्याणकारी कोष सम्बन्धमा पनि बोर्ड बैठकमा छलफल हुनेछ ।

यी हुन् १२५ औं बैठकको प्रस्तावित एजेण्डाहरु

१. २०औं एशियाली खेलकुद सम्बन्धमा
क) समावेश हुने खेल र सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलहरुको अनुमोदन,
ख) २० औं एशियाली खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०८३,
ग) २० औं एशियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धी बजेट तथा नर्म्स,

२. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धमा ।
क) दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल,
ख) आयोजना मिति,
ग) दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धी निर्देशिका, २०८३,
घ) दशौं राष्ट्रिय खेलकुद आयोजना सम्बन्धी बजेट तथा नर्म्स,

३. राष्ट्रिय खेलकुद परिषद्‌को चालु आ.ब. २०८३/८४ को विनियोजित बजेट सम्बन्धमा ।

४. राष्ट्रिय खेलकुद परिषद्‌को आन्तरिक तर्फको अनुमानित आय व्यय सम्बन्धमा ।

५. राष्ट्रिय खेलकुद परिषद्लाई अत्यावश्यक प्राविधिक कर्मचारीहरु करार सेवामा लिने सम्बन्धमा ।
क) पूर्वाधार निर्माण तर्फ सिभिल इन्जिनियर उपसचिव सरह १ जना र सिभिल/आर्किटेकट /इलेक्ट्रीकल/स्ट्रकचरल ४ जना
ख) आई.टी सूचना प्रविधि) तर्फ आई टि. विज्ञ २ जना अधिकृत तृतीय ।

६. राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक कानूनी सल्लाहकारको सेवा करारमा लिने सम्बन्धमा ।

७. खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन सम्बन्धमा ।

८. खेल संघहरुलाई खेल कार्यक्रमको लागि अनुदान सहयोग सम्बन्धमा,

९. विविध :
क) माननीय शिक्षा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्‌का अध्यक्षज्यूबाट मिति २०८३/०२/०७ मा परिषद्‌का सदस्य सचिवज्यूलाई प्रत्यायोजित अधिकारको अनुमोदन सम्बन्धमा ।
ख) खेलाडी कल्याणकारी कोष प्रयोग सम्बन्धी मापदण्ड-२०८३ ।
ग) कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएकोलाई अनुमोदन सम्बन्धमा ।
घ) अखिल नेपाल फुटबल संघको सम्बन्धमा ।
ङ) खेल संघहरुको नविकरण सम्बन्धमा ।

एन्फा निलम्बन दशौँ राष्ट्रिय खेलकुद राखेप बोर्ड बैठक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय