News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघको निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको बताउनुभयो ।
- राष्ट्रिय खेलकुद परिषद्को बैठकमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो ।
- सरकार अहिले फिफाको जवाफको प्रतीक्षामा रहेको स्रोतले जनाएको छ ।
२८ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन फुकुवाका लागि सकारात्मक पहल भइरहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकमा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन् ।
‘हाम्रो सहकार्य भइराखेको छ । छलफल भइराखेको छ । एक खालको मेलहरु आदानप्रदान भइराखेको छ । छलफल सकारात्मक छ । निलम्बन फुकुवा हुनेमा आसा गर्न सकिन्छ,’ मन्त्री पोखरेललाई उद्धृत गर्दै एक सदस्यले भने ।
एन्फाको विषय बैठकको एजेन्डा राखिएपनि कुनै निर्णय भने भएन ।
स्रोतकाअनुसार सरकार फिफाको जवाफ कुरिरहेको छ । ‘हाम्रोतर्फबाट टुंग्याएका छौं । अहिले फिफाको जवाफ कुरिरहेका छौं । फिफाको जवाफ आएपछि सरकार अगाडि बढ्छ,’ स्रोतले भन्यो ।
प्रतिक्रिया 4