+
+
Shares

अरुण क्षेत्रीले साइन गरे ‘लोकल हिरो’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता अरुण क्षेत्री फिल्म 'गौंथली' ब्लकबस्टर भएपछि नयाँ फिल्म 'लोकल हिरो' मा अनुबन्धित भएका छन् ।
  • निर्माता सरोज न्यौपाने र भविष्य खड्काको लगानी रहने उक्त फिल्म रोमान्टिक कमेडी जनरामा बन्न लागेको हो ।
  • तिहारपछि छायाङ्कन सुरु हुने यस फिल्मको शीर्ष महिला कलाकारको छनोट गर्न बाँकी रहेको निर्माता न्यौपानेले बताएका छन् ।

काठमाडौं । अरुण क्षेत्री अहिलेका ‘मस्ट डिमान्डेड’ अभिनेता बनेका छन् । ‘गौंथली’ ब्लकबस्टर बनेसँगै उनलाई फिल्म अफरको ओइरो नै लागेको बताइएको छ ।

व्यवसायिक र आर्ट हाउस दुवै जनराका फिल्ममा आफूलाई स्थापित गरिसकेका क्षेत्रीले केही दिनअघि नयाँ फिल्म साइन गरेका छन् । जेरी अन टप, ग्याङस्टर ब्लुज, सम्बोधन फेम्ड निर्माता सरोज न्यौपानेको आगामी कथानक ‘लोकल हिरो’ को शीर्ष भूमिकामा अरुण अनुबन्धित भएका छन्

तिहारपछि छायांकन तयारीमा रहेको यो फिल्मको शीर्ष महिलाको भूमिकामा कुनै कलाकारलाई अहिलेसम्म कास्ट गरिएको छैन । निर्माता न्यौपानेका अनुसार, यो फिल्म रोमान्टिक कमेडी (रोमकम) जनरामा बन्न लागेको हो ।

‘लोकल हिरो’ले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्ने निर्मातामध्येका न्यौपानेलेब बताए । भविष्य खड्कासँग मिलेर उनले फिल्ममा लगानी गर्न लागेका हुन् ।

अनन्या फिल्म्सको लाइनअपमा ‘जेरी : द लास्ट क्लाइम्ब’ र ‘टीका’ पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?