+
+
Shares

परजीवीका कारण कांग्रेस बिग्रियो : दुर्लभ थापा

‘पहिले गिरिजाबाबु, सुशीलदा र शेरबहादुर दाइसँग रहेका परजीवी अहिले सानेपातिर छन्’

‘शेरबहादुर देउवाले कुटाइ खाँदा मात्रै होइन, गगन थापाको घर जल्दा सामाजिक सञ्जालमा लेख्ने साथीहरू कहाँ थिए ?,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:३६

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस परजीवीका कारण बिग्रिएको टिप्पणी गरेका छन् । शुक्रबारबाट सुरु भएको कांग्रेस संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै जिल्ला सभापति थापाले यस्तो बताएका हुन् ।

‘तपाईँहरू परजीवी हो, परजीवी,’ उनले भने, ‘यी परजीवी कहिले गिरिजाबाबुका थिए, कहिले सुशीलदाका थिए, कहिले शेरबहादुर देउवाका थिए । अहिले परजीवीहरू सानेपातिर छन् ।’

परजीवी जबसम्म नष्टसम्म हुन्नन् तबसम्म कांग्रेसको हालत खराब भइरहने उनले बताए ।

देउवाको स्वागतमा आएका कांग्रेस हिजो उनीमाथि आक्रमण हुँदा कहाँ थिए ? भन्दै प्रश्न गर्नेमाथि पनि जिल्ला सभापति थापा खनिए ।

‘शेरबहादुर देउवाले कुटाइ खाँदा मात्रै होइन, गगन थापाको घर जल्दा सामाजिक सञ्जालमा लेख्ने साथीहरू कहाँ थिए ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?