+
+
Shares

धनुषाबाट ३९ ग्रामभन्दा बढी खैरो हिरोइनसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको औरही गाउँपालिका–५ बाट लागुऔषधसहित २८ वर्षीय उमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
  • मण्डलको साथबाट ६५ दशमलव ४४० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ र डिजिटल तराजु बरामद गरिएको छ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान गरिरहेको प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिनुभयो।

२९ साउन, जनकपुरधाम । धनुषामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा औरही गाउँपालिका–५ स्थित डिप बोरिङभित्र बसिरहेका विदेह नगरपालिका–८ का २८ वर्षीय उमेश मण्डललाई पक्राउ गरेको हो  ।

शंकास्पद अवस्थामा भेटिएका मण्डललाई चेकजाँच गर्दा उनको साथबाट डब्बासहित ६५ दशमलव ४४० ग्राम र डब्बाबाहेक ३९ दशमलव ३६० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।

उनको साथबाट लागुऔषध नापतौल गर्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद पदार्थ, डिजिटल तराजुसहित मण्डललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?