+
+
Shares

सेन्टकमले ‘फाल्कन स्ट्राइक’ बनाउने

पश्चिम एसियामा द्वन्द्व र सुरक्षा तनाव बढिरहेका बेला अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले अमेरिका र क्षेत्रीय साझेदारका मानवरहित प्रणालीलाई एकीकृत गर्दै पहिलो बहुराष्ट्रिय तथा बहुक्षेत्रीय आक्रमण ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सेन्ट्रल कमान्डले पश्चिम एसियामा ड्रोन प्रविधि एकीकृत गर्न बहुराष्ट्रिय तथा बहुक्षेत्रीय आक्रमण ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक गरेको छ ।
  • सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले साझेदार राष्ट्रहरूसँग मिलेर नयाँ प्रविधि र क्षमताको प्रयोग गर्दा सामूहिक सुरक्षा क्षमता अझ बलियो हुने बताए।
  • विशेष सञ्चालन कमान्ड सेन्ट्रलको नेतृत्वमा गठन हुने यो कार्यदलले समुद्र र हवाई क्षेत्रका मानवरहित प्रणालीलाई एकै ठाउँमा एकीकृत गरी परिचालन गर्नेछ ।

२९ साउन, फ्लोरिडा (रासस/एएनआई) । पश्चिम एसियामा द्वन्द्व र सुरक्षा तनाव बढिरहेका बेला अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले अमेरिका र क्षेत्रीय साझेदारका मानवरहित प्रणालीलाई एकीकृत गर्दै पहिलो बहुराष्ट्रिय तथा बहुक्षेत्रीय आक्रमण ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक गरेको छ ।

सेन्टकमका अनुसार नयाँ कार्यदलले समुद्रको सतह, समुद्रभित्र तथा हवाई क्षेत्रमा सञ्चालन गर्न सकिने मानवरहित प्रणालीलाई एकीकृत गर्नेछ । यसमा एकतर्फी आक्रमणका लागि प्रयोग हुने ड्रोनसमेत समावेश हुनेछन् । सेन्टकमले बिहीबार जारी गरेको विज्ञप्तिमा क्षेत्रीय साझेदारलाई समेत कार्यदलमा सहभागी गराउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

यो योजना सेन्टकमले ‘स्कर्पियन स्ट्राइक’ नामक कार्यदल स्थापना गरेको नौ महिनापछि सार्वजनिक भएको हो । अमेरिकी सेनाले स्कर्पियन स्ट्राइकलाई मध्यपूर्वमा स्थापना गरिएको पहिलो समर्पित एकतर्फी आक्रमण ड्रोन कार्यदलका रूपमा वर्णन गरेको छ ।

स्कर्पियन स्ट्राइकले गत वर्ष डिसेम्बरमा अमेरिकी नौसैनिक युद्धपोतबाट पहिलोपटक हवाई आक्रमण ड्रोन प्रक्षेपण गरेको थियो । उक्त कार्यदलले ‘अपरेसन एपिक फ्युरी’ का क्रममा एकतर्फी मानवरहित हवाई प्रणाली प्रयोग गर्नुका साथै गत जुलाईमा इरानी बन्दरगाहका संरचनामाथि आक्रमण गर्दा मानवरहित आक्रमणकारी जलयानसमेत प्रयोग गरेको थियो ।

सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले फाल्कन स्ट्राइकले स्कर्पियन स्ट्राइकको सफलतालाई थप विस्तार गर्ने बताएका छन् । उनका अनुसार क्षेत्रीय सहयोगी र साझेदारबीच विकसित भइरहेका नयाँ प्रविधि तथा क्षमतालाई एकीकृत गरेर प्रयोग गर्दा नयाँ सम्भावनालाई छिटो व्यवहारमा उतार्न सकिनेछ ।

सेन्टकमले क्षेत्रीय देशसँग परामर्श सुरु गरिसकेको छ र कार्यदलमा सहभागी हुन साझेदार राष्ट्रलाई औपचारिक निमन्त्रणा दिइरहेको जनाएको छ । साझेदारहरू सहभागी भएपछि फाल्कन स्ट्राइकले पश्चिम एसियामा आक्रमणकारी ड्रोनको क्षमता विस्तार गर्नुका साथै बहुक्षेत्रीय र बहुराष्ट्रिय प्रतिरोध क्षमता विकास गर्ने अपेक्षा गरिएको छ ।

कुपरले अमेरिकी सेनाको यस क्षेत्रमा बलियो साझेदारी र मित्रराष्ट्र रहेको उल्लेख गर्दै नयाँ क्षमता संयुक्त रूपमा विकास र प्रयोग गर्दा सामूहिक सुरक्षा क्षमता थप बलियो हुने बताउनुभयो ।

‘स्कर्पियन स्ट्राइक’ सुरु गरेको अमेरिकी विशेष सञ्चालन कमान्ड सेन्ट्रलका कर्मचारीले फाल्कन स्ट्राइकको नेतृत्व गर्नेछन् । कार्यदलमा अमेरिकी तथा क्षेत्रीय साझेदारका प्रतिनिधि रहनेछन् ।

विशेष सञ्चालन कमान्ड सेन्ट्रलको मुख्यालय फ्लोरिडाको टाम्पास्थित म्याकडिल वायुसेना आधारमा रहेको छ । यसले पश्चिम एसिया, मध्य एसिया र दक्षिण एसियासहित सेन्टकमको जिम्मेवारीमा रहेका २१ देशमा विशेष सैन्य अभियानको योजना तथा सञ्चालन गर्दै आएको छ ।

फाल्कन स्ट्राइकको प्रस्तावित स्थापनाले अमेरिकी सेनाले विभिन्न सैन्य क्षेत्रमा मानवरहित प्रणालीको प्रयोग विस्तार गर्दै गएको र क्षेत्रीय साझेदारसँग नयाँ ड्रोन प्रविधि तथा क्षमता एकीकृत गर्ने प्रयास तीव्र पारेको सङ्केत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?