+
+
Shares

सुस्तावासीले बनाएको बाँध बाढीले भत्कायो

नवलपरासीको सुस्तामा नेपाल र भारतबीच सीमा विवाद छ । यो क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको स्थानीयवासी बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवलपरासीको सुस्ता गाउँपालिका-५ मा स्थानीयवासीले श्रमदान गरी निर्माण गरेको बाँध शुक्रबार आएको बाढीले भत्काएको छ ।
  • सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले १०-१५ दिन लगाएर करिब २५-३० लाख रुपैयाँ बराबरको श्रमदानबाट बाँध निर्माण गरिएको जानकारी दिनुभयो ।
  • बाँध भत्किएपछि अहिले सुस्ता बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीयले संघीय र प्रदेश सरकारलाई तत्काल सहयोगका लागि आग्रह गरेका छन् ।

३० साउन, काठमाडौं । नवलपरासीको सुस्तावासीले दुई हप्ता लगाएर निर्माण गरेको बाँध बाढीले भत्काएको छ । सुस्ता गाउँपालिका ५ को थारुटोलामा बनेको बाँध शुक्रबार बाढीले बगाएको सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले जानकारी दिए ।

‘हामीले १०–१५ दिन लगाएर बनाएको बाँध हिजो रातीको बाढीले भत्कायो । २५–३० लाख जतिको श्रमदानबाट बनेको थियो,’ खानले अनलाइनखबरसँग भने, ‘सुस्तावस्ती नै अहिले जोखिममा छ ।’

सुस्ता जोगाउन संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले पहल गर्नुपर्ने खानको माग छ । उनी भन्छन्, ‘बाँध त भत्कियो नै पुरै बस्ती खतरामा छ । सरकारको बेलैमा ध्यान जाओस् ।’

नवलपरासीको सुस्तामा नेपाल र भारतबीच सीमा विवाद छ । यो क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको स्थानीयवासी बताउँछन् ।

१५ साउनदेखि निर्माण शुरु भएको बाँध भत्किँदा कतैबाट गुहार नपाएको खान बताउँछन् । उनी भन्छन्, ‘तत्काल गुहार्न नपाउने हो भने हाम्रो बस्ती जोगाउन गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?