+
+
Shares

धनकुटा उद्योग वाणिज्य संघको नेतृत्वमा ३ जनाको उम्मेदवारी

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन ३० गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटा उद्योग वाणिज्य संघको आगामी भदौ ६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
  • अध्यक्ष पदका लागि कृष्णराज श्रेष्ठ, मनकुमारी तितुङ र रामबहादुर रायाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
  • ४ सय ३२ मतदाता रहेको यस संघमा निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुने निर्वाचन समितिले जनाएको छ ।

३० साउन, धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आगामी कार्यसमिति निर्वाचनका लागि ३ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । यस्तै अध्यक्ष बाहेक अन्य पदमा ३४ जनाको उम्मेदवारी परेको छ । आगामी भदौ ६ गते उद्योग वाणिज्य संघ धनकुटामा नयाँ कार्यसमितिको लागि निर्वाचन हुँदैछ ।

गत साउन १६ गते सम्पन्न भएको ४६ औँ साधारण सभा तथा अधिवेशनले निर्वाचन समिति घोषणा गरेसँगै निर्वाचन समितिको बैठकले निर्वाचन मिति भदौ ६ गतेलाई तय गरेको थियो ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार अध्यक्ष पदमा कृष्णराज श्रेष्ठ, मनकुमारी तितुङ (तारा) र रामबहादुर रायाले उम्मेदवारी दर्ता गरेका छन् । संघको आगामी ३ वर्ष कार्यकालका लागि अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसमा श्रेष्ठ वर्तमान कार्यसमितिको उपाध्यक्ष, तितुङ वरिष्ठ उपाध्यक्ष र राया कार्यबहाक महासचिब रहेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष पदमा अम्बिकादेवी धमला र विक्रम प्रधानले उम्मेदवारी दिएका छन् । त्यस्तै दुई जना उपाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा विष्णुमाया कन्दङ्वा राई, नगेन्द्रप्रसाद काफ्ले, रिदम श्रेष्ठ, सरस्वती मगर र सुनिता पौडेल रहेका छन् । यसैगरि एक जना महिला उपाध्यक्ष पदका लागि निर्मला राई (श्रेष्ठ) र रेजिना पालिखेले उम्मेदवारी दिएका छन् । महासचिव पदमा उज्ज्वल कर्माचार्यको एकल उम्मेदवारी परेको छ भने एक जना सचिव पदको लागि उर्गेन शाक्य र महेन्द्र थापाको उम्मेदवारी परेको छ ।

त्यस्तै एक जना कोषाध्यक्ष पदका लागि प्रविन पोखरेल र रुपेश श्रेष्ठको उम्मेदवारी परेको छ । उद्योगतर्फको एक सदस्य पदका लागि राजु प्रधानको एकल उम्मेदवारी परेको छ ।

वस्तुगततर्फ तीन सदस्यका लागि तुमराज लिम्बू, सफल राई र लिजा श्रेष्ठले उम्मेदवारी दिएका छन् । महिला सदस्यतर्फ दुई पदका लागि प्रमिसा श्रेष्ठ (थापा) र गंगाकुमारी गुरुङको उम्मेदवारी परेको छ ।

त्यसैगरी खुला सदस्यतर्फ पाँच पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यतर्फ इश्वर घिमिरे, कृपवराज जोशी, खिरबहादुर कटुवाल, गोविन्द दाहाल, निरोज श्रेष्ठ, देवबहादुर विश्वकर्मा, देवेन्द्र प्रधान, भैरा राई, विपिन दाहाल, मुनादेवी पोख्रेल, सागर तामाङ, शिशिर श्रेष्ठ, शिवपुजन शाह र शोभा श्रेष्ठ उम्मेदवार रहेका छन् ।

धनकुटा उद्योग वाणिज्य संघमा महासचिव, उद्योग सदस्य, वस्तुगत सदस्य र महिला सदस्यमा आवश्यक पद अनुसार मात्रै उम्मेदवारी परेको छ । यद्यपी निर्वाचन समितिले निर्विरोध निर्वार्चित घोषणा गरेको छैन् । आइतबार उम्मेदवारको दाबी बिरोध, उम्मेदवारी फिर्ता लगायतका काम सकेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा मात्रै घोषणा गरिने निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

उद्योग वाणिज्य संघ धनकुटामा ४ सय ३२ मतदाता रहेका छन् । निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र उद्योग सदस्यमा एक–एक जना निर्वाचित हुनेछन् । यस्तै, उपाध्यक्ष पदमा एक महिला सहित तीन जना तथा दुई महिला सहित सात जना सदस्य र वस्तुगत सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?