+
+
Shares

सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध

गएराति १०:२५ मा चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा पहिरो खसेकोले सडक दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-काठमाडौं सडकखण्डको चितवनस्थित इच्छाकामना गाउँपालिका-५ सिमलधारामा गएराति सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ ।
  • प्रहरीका अनुसार रुखसहित खसेको पहिरो पन्छाउन अहिले पाँचवटा उपकरण प्रयोग गरी काम भइरहेको छ ।
  • चितवन प्रहरीले गएराति १०:२५ बजे पहिरो खसेकाले सडक पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ ।

३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ ।

गएराति १०:२५ मा चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा पहिरो खसेकोले सडक दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

अहिले ५ वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?