News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारामा गएराति खसेको सुक्खा पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक खण्ड आज बिहान सवा ६ बजेदेखि सञ्चालनमा आएको छ ।
- गएराति १०:२५ बजे सडकमाथिबाट रुखसहित खसेको पहिरोका कारण करिब ८ घण्टासम्म यातायात पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
- सडक अवरोध हटाउन ५ वटा उपकरणको प्रयोग गरिएको र अहिले अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।
३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ । ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पन्छाउन ५ वटा उपकरण प्रयोग गरिएको थियो ।
पहिरो पन्छाइसँगै अहिले बिहान सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि लामो समयदेखि सडक अवरुद्ध बनेका कारण राजमार्गका विभिन्न स्थानमा जाम भनेक कायमै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4