+
+
Shares

जाजरकोटको भेरी पहिरो : आमा-छोरा मृत फेला

जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला परेका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ साउन ३१ गते ९:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा रती खत्री र छोरा ओमसिंह खत्री मृत फेला परेका छन् ।
  • चिसापानीमा खसेको पहिरोमा बेपत्ता भीमबहादुर कार्कीको खोजी भइरहेको छ भने केदार कार्कीको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
  • पहिरोमा घाइते भएका ६ जनाको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार भइरहेको र सडक अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या भएको डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए ।

३१ साउन, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा-छोरा मृत फेला परेका छन् ।

शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीया ओमसिंह खत्री मृत फेला परेका हुन् ।

पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो ।

शनिबार बेलुकी नै सोही वडाको चिसापानीमा पनि पहिरो खसेको थियो । पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छिन् । ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरी उपचार लागि नेपालगञ्ज पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार जारी छ ।

अहिले घटना स्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डीएसपी बुद्धीसागर पुरीले जानकारी दिए ।

घटना स्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको कारण समस्या भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?