+
+
Shares

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

जिल्लाको साँगुरीगढी गाउँपालिका- ६ चारखोले गोलाइस्थित कोशी लोकमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १३:०४

धनकुटा, ३१ साउन । धनकुटामा यात्रुबाहक बस दुर्घटनामा परेको छ। जिल्लाको साँगुरीगढी गाउँपालिका- ६ चारखोले गोलाइस्थित कोशी लोकमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा तेह्रथुमको छथर गाउँपालिका-१ की ११ वर्षीया नुमा लिम्बू, छथर गाउँपालिका- ४ का ६९ वर्षीय कविराज थापा र सोही स्थानकी ५६ वर्षीया शुकमाया लिम्बू घाइते भएका हुन्।

घाइते तीनै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?