+
+
Shares

अनुमति नलिई पर्यटक घुमाउने पथ प्रदर्शकलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टुरिस्ट गाइड एसोसिएसन अफ नेपालले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकहरूमाथि कारबाही प्रक्रिया शुरु गरेको छ ।
  • टुर्गानकी अध्यक्ष प्रभा लक्ष्मी प्रधानाङ्गले लाइसेन्स नवीकरण गरी अनिवार्य रूपमा भिरेर मात्र पर्यटकलाई दृष्यावलोकन गराउन आग्रह गरेकी छिन् ।
  • ट्राभल तथा ट्रेकिङ कम्पनीहरूलाई वैधानिक टुर गाइडमार्फत मात्र सेवा प्रदान गर्न टुर्गानले निर्देशन दिएको छ ।

३१ साउन, काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकहरुलाई कारबाही गर्न थालेको छ ।

टुर्गानले पर्यटक प्रहरीसँगको सहकार्यमा आज भक्तपुरमा गरेको जाँचका क्रममा अनुमति नलिई पर्यटक घुमाउने पथ प्रदर्शकलाई कारबाही गरेको जनाएको छ । टुरिस्ट गाइड लाइसेन्स नवीकरण गर्न म्याद पुगेका वा म्याद नागिसकेका गाइडहरूलाई आफ्नो लाइसेन्स नवीकरण गरी अनिवार्य  प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकीय स्थलहरूमा विदेशी पर्यटकलाई दृष्याअवलोकन गराउन टुर्गानका अध्यक्ष प्रभा लक्ष्मी प्रधानाङ्गले अनुरोध गरेकी छिन् ।

ट्राभल तथा ट्रेकिङ कम्पनीहरूलाई समेत लाइसेन्स प्राप्त वैधनिक टुर गाइडलाई मात्र लिई नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूलाई पर्यटकीय स्थलहरूमा दृष्यावलोकन गराउन टुर्गानले अनुरोध गरेको छ ।

नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथ प्रदर्शकबाट हुने भएकाले अनुशासित र मर्यादित भएर आफ्नो कम गर्न टुर्गानले पथप्रदर्शकलाई अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?