News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भइरहेका अराजक गतिविधि सह्य नहुने बताएका छन्।
- झापाको बिर्तामोडमा आयोजित मिसन जागरण कार्यक्रममा ओलीले सामाजिक सञ्जाल र हस्ताक्षर अभियानबाट नेतृत्व परिवर्तनको प्रयास नगर्न चेतावनी दिएका छन्।
- अध्यक्ष ओलीले पार्टी नेतृत्व फेर्नुपर्ने लागेको भए सम्बन्धित पार्टी कमिटीमा विधिसम्मत तरिकाले कुरा राख्न सुझाव दिएका छन्।
३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजक गतिविधि सह्य नहुने बताएका छन् ।
झापा एमालेले बिर्तामोडबाट सुरु गरेको मिसन जागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र चलिरहेको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन् ।
अध्यक्षले छोड्नुपर्छ भन्ने लागेको भए पार्टी कमिटीमै कुरा राख्न पनि ओलीले सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4