+
+
Shares

कांग्रेस बैठकमा मधु आचार्यः टाउको जोड्ने एकताले पुग्दैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र एकता आवश्यक रहेपनि एजेण्डाका आधारमा एकता हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र एकता एजेण्डा र नयाँ नीतिका आधारमा हुनुपर्ने धारणा राख्नुभएको छ।
  • आचार्यले कांग्रेसले युवा पुस्ता र लोकतन्त्रप्रेमी जनमतलाई जोड्न सक्नुपर्ने भन्दै पार्टी महाधिवेशनको प्रक्रियामा प्रवेश गर्नुपर्नेमा जोड दिनुभएको छ।
  • उनले पार्टी नेतृत्वले सही समयमा निर्णय लिन नसकेको खण्डमा विशेष महाधिवेशन प्रतिनिधिहरूको हातमा विशेषाधिकार रहने उल्लेख गर्नुभएको छ।

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र एकता आवश्यक रहेपनि एजेण्डाका आधारमा एकता हुनुपर्ने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा नेता आचार्यले एकताका नाममा टाउको जोड्ने एकता मात्रैले नहुने बताए । ‘संख्या सँगसँगै सन्देशको पनि हेक्का राख्नुपर्छ । कांग्रेस नवीन नीति, चिन्तन, मिसन र एजेण्डाका लागि एकाकार हुनुपर्छ,’ आचार्यले भने,‘कांग्रेसले कांग्रेसलाई मात्र होइन, जेन्जी पुस्ता, पार्टी बाहिर रहेका लोकतन्त्रप्रेमी जनमत, पेशा–ब्यवसायी–बुध्दिजिवी, किसान, श्रमिक सबैलाई जोड्न सक्नुपर्छ ।’

कांग्रेसको संस्थापनइतर समूहको भेलाले विधानसम्वन्धी प्रस्ताव पारित गरेर विशेष महाधिवेशनको औचित्यता र वैधानिकतालाई प्रमाणित गरेको आचार्यले दाबी गरे । ‘क्रियाशील सदस्यताको वितरण र नवीकरणको प्रविधिकरणलाई जायज ठहर्याएको छ । यस प्रस्तावलाई प्रस्तुत गर्ने र पारित गर्न सहयोग पुर्याउने सबै साथीहरुलाई धन्यवाद दिनुपर्छ,’ आचार्यले बैठकमा भने ।

गलत काम गरेमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव र संवैधानिक निकायका प्रमुख विरुद्ध महाभियोगको प्रस्तावको व्यवस्था भए झैं पार्टी नेतृत्वले ठीक समयमा ठीक निर्णय लिन नचाहेको अवस्थामा महाधिवेशन प्रतिनिधिहरुको हातमा विशेषाधिकार हुने उने बताए । आचार्यले विशेष महाधिवेशनको आवश्यकता बारे भने,‘बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरुले गत वर्ष त्यो ऐतिहासिक जिम्मेवारी पूरा गरेको मात्र हो ।’

संविधानले ५ वर्ष भित्र महाधिवेशन गर्ने वाध्यकारी ब्यवस्था गरेको व्यवस्था सुनाउँदै नेता आचार्यले अब पार्टी महाधिवेशनको प्रकृयामा प्रवेश गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?