+
+
Shares

कांग्रेस विवाद : इतर पक्षले पारित गरेका प्रतिवेदनप्रति संस्थापन पक्षको आपत्ति

‘एउटा पद्धति त हुन्छ नि । कांग्रेस पार्टीको नेता अदालतले चयन गर्ने पनि होइन, भिडले चयन गर्ने पनि होइन,’ प्रवक्ता चालिसेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते २०:३९

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय सम्मेलनबाट पारित गरेका प्रतिवेदनका विषयप्रति संस्थापन पक्षले आपत्ति जनाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले आपत्ति जनाएका हुन् ।

‘त्यहाँ गरिएका काम र बोलिएका कुरालाई नजिकबाट हामी हेरिरहेका छौं,’ चालिसेले भने, ‘यसका पछाडि केही छ कि भनेर विश्लेषण हुने काम पनि भइहाल्छ । त्यसमा पार्टीले के गर्ने भन्ने कुरामा कतिपय सावधानी अपनाउने कुरा हो, कतिपय हामी रणनीतिक तरिकाले इन्काउन्टर गरौंला, नबोलेरै ।’

कतिपय पार्टीले जे निर्णय गर्न आवश्यक पर्छ हाम्रा कुरा भोलि सार्वजनिक गर्छौं ।’

यो विषयमा सभापति गगन थापाले सम्भवत: आफ्नो कुरा बोल्ने प्रवक्ता चालिसेले बताए ।

त्यहाँ कांग्रेस पार्टीभित्र विवाद छ भनेर बहुप्रचार गरी पार्टीको छविलाई धमिल्याउने काम भएको पनि उनले बताए ।

यस्तै, पार्टीभित्र अन्तहीन कानुनी झमेला सिर्जना गरिएको भन्दै प्रवक्ता चालिसेले त्यसमा पनि आपत्ति जनाए ।

‘यसले पार्टीको इमेज पब्लिकमा राम्रो जाँदैन, जो सिनियर नेताहरू हुनुहुन्छ, उहाँहरूले नै बाटो देखाउनुपर्ने हो,’ उनले भने ।

फरक मत भए पार्टीको फोरम वा महाधिवेशनमा ल्याउन उनले आग्रह गरे ।

‘एउटा पद्धति त हुन्छ नि । कांग्रेस पार्टीको नेता अदालतले चयन गर्ने पनि होइन, भिडले चयन गर्ने पनि होइन,’ उनले भने, ‘पार्टीको विधि छ, वैधानिक संरचना छ ।’

इतर पक्षले पारित गरेका विषयले वैधता नपाउने पनि उनले टिप्पणी गरे ।

‘कसले, कहाँ, के पास गरे ? भन्ने विषयले वैधता पाउँछ कि पाउँदैन् ? सबैभन्दा ठूलो कुरा वैधताको हो,’ उनले भने, ‘पार्टीको कुन चाहिँ औपचारिक मान्छेको उपस्थिति थियो त्यहाँ ? कति जिल्ला सभापति थिए त्यहाँ ? न पार्टीले बोलाएको छ, न कुनै अख्तियार प्राप्त अथेन्टिक स्टक्चरभित्र भएको मान्छे गएको छ ।’

त्यत्तिकै हुलहुज्जत गरेर पार्टी भनेर पार्टीलाई झन् बद्नाम गर्ने काम भएको उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?