+
+
Shares
कांग्रेस विवाद :

सर्वोच्चको आदेशबारे इतर पक्षले भन्यो- सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधारको प्रारम्भ

नेपाली कांग्रेसको संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले सर्वोच्च अदालतको आदेशले पार्टीको सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १८:२५

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले सर्वोच्च अदालतको आदेशले पार्टीको सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भएको बताएका छन् ।

सर्वोच्चले बिहीबार यसअघि पार्टीको आधिकारिकतासम्बन्धी गरेका फैसला पुनरवलोकनको अनुमति दिएपछि उनले पछिल्लो आदेशले पार्टीको सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भएको बताएका हुन् ।

‘आज भएको सर्वोच्च अदालतको आदेश स्वागतयोग्य छ,’ नेता विश्वकर्माले फेसबुकमा लेखेका छन्, ‘यसले नेपाली कांग्रेस पार्टीको सम्पूर्ण एकता र पीडित पक्षले न्याय पाउने आधार प्रारम्भ भएको छ ।’

प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने अनुमति दिएकाले कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ ।

यी न्यायाधीशबाहेक तीन जनाले गर्ने सुनुवाइमा यसअघिको फैसला सदर वा उल्टिने आदेश पनि हुनसक्छ । फैसला उल्टिएको खण्डमा कांग्रेसको असन्तुष्ट समूहले गरेको मागदाबी सही ठहरिनेछ र विशेष महाधिवेशनले मान्यता पाउँदैन ।

सोही फैसला सदर भएको खण्डमा विशेष महाधिवेशनले मान्यता पाउनेछ । यसअघि न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

देउवा पक्षको रिटलाई भने त्यतिबेला खारेज गरिदिएको थियो । यस आदेशलाई पुनरवलोकन गर्न भन्दै पूर्वसभापति देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?