+
+
Shares

उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ८:४६

१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् ।

स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन् । श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

जिम्मेवारी र मर्यादा बिर्सेर कानुनविपरीत कार्य गरेको भन्दै स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए ।  स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले श्रेष्ठलाई जिल्ला ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयले खबर गरेपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको हो । ‘श्रेष्ठसहित दुईजना नै प्रहरी नियन्त्रणमा छन्, थप अनुसन्धान भइरहेको छ’, एसपी कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?