+
+
Shares

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार, चाँदी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा १५ रुपैयाँले गिरावट आएको छ ।
  • चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

२ भदौ, काठमाडौं । मंगलबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ, अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७५५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?