+
+
Shares

सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनको राति हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो । त्यसपछि भएको झडप तथा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु समेत भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:०२

२ भदौ, काठमाडौं । सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

‘समितिले आज प्रतिवेदन बुझाएको छ । अब अध्ययनपछि कारबाहीमा जान्छ’, आचार्यले अनलाइनखबरसँग भनिन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनको राति हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो । त्यसपछि भएको झडप तथा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु समेत भएको थियो ।

सुरुमा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते भई उपचाररत रहेका जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि मृत्यु भएको थियो ।

यो विवाद सिरहासम्म पुगेको थियो । सिरहामा पनि गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । यी दुवै घटनाको छानबिन गर्न गृहमन्त्रालयले छुट्टा छुट्टै समिति बनाएको थियो ।

कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन बनेको थियो । सिरहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गठन गरिएको थियो ।

यी दुवै समितिले आजै प्रतिवेदन बुझाएका हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?