+

कर्नाटकलाई ७२ रनमा अलआउट गर्दै अभ्यास खेलमा नेपालको जित

२०८३ भदौ  २ गते १९:१० २०८३ भदौ २ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली टोलीले भारतमा कर्नाटकविरुद्ध पहिलो अभ्यास खेल ११६ रनले जितेको छ।
  • नेपालले पहिले ब्याटिङ गर्दै ४५ ओभरमा सबै विकेट गुमाएर १८८ रन बनाएको थियो, जसमा आसिफ शेखले ४९ रन बनाए।
  • कर्नाटक २८ ओभरमा ७२ रनमै समेटियो, र करण केसीले २ तथा ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान २ विकेट लिए।

२ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले कर्नाटकसँगको पहिलो अभ्यास खेलमा ११६ रनको शानदार जित हासिल गरेको छ ।

नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा ७२ रनमै समेटियो । कर्नाटकका लागि शरथ श्रीनिवासले सर्वाधिक ३२ रन बनाए । उनले ६५ बलमा ३ चौका प्रहार गरे । रेवन्थ बैरीले १० रन र सन्तोष सिंहले ९ रन जोडे ।

अन्य ब्याटरहरू सस्तैमा आउट भए । लोचन गौडा २ रन, तुषार सिंह ०, समर्थ श्रीनिवास ०, सञ्जय अश्विन १, ऋतेश भटकल ६, सागर गौतम ०, कीर्ति एम ३ र आदित्य गोयल ६ रनमा आउट भए ।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । करण केसीले ५ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले पनि २-२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४९ रन बनाए । उनले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर देव खनालले ४३ बलमा ५ चौकासहित २७ रन बनाए भने इशान पाण्डेले ४९ बलमा ३ चौकासहित ३४ रनको योगदान दिए ।

सन्दीप जोराले ३७ बलमा २ चौकासहित २७ रन बनाए । बशिर अहमद २७ बलमा १९ रन बनाएर अविजित रहे । गुलशन झाले १६ बलमा ११ रन जोडे ।

रोहित पौडेल भने ८ बलमा ४ रन बनाएर आउट भए । करण केसी ७ बलमा खाता खोल्न नसकी पेभेलियन फर्किए । सन्दीप लामिछानेले ७ बलमा २ रन बनाए भने शेर मल्लले २ बलमा १ रन बनाए ।

नेपालको सुरुवात भने राम्रो रहेन । अर्जुन कुमाल चार बल सामना गरेर शून्य रनमै आउट भए । त्यसपछि आसिफ, देव र इशानले इनिङ सम्हाल्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढाएका थिए ।

कर्नाटकका लागि कीर्ति एमले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । आदित्य गोयल, अरविन्द कुमार राई, चिरन्त शिवरुद्र, सागर गौतम र समर्थ श्रीनिवासले समान एक–एक विकेट लिए ।

एसीसी प्रिमियर कपअघि नेपाली टोलीले तयारीस्वरूप कर्नाटकसँग अभ्यास खेल खेलिरहेको हो ।

अभ्यास खेल नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय