+
+
Shares

कृषिमन्त्रीलाई प्रश्न : किसानले मल पाउन लालपुर्जा देखाउनुपर्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराइरहेको बताइन् ।
  • उनले तीन तहको सरकारबीच मल वितरणको जिम्मेवारी रहेको र कार्यविधिअनुसार काम भइरहेको बताइन् ।
  • मल पाउन लालपुर्जा चाहिन्छ भन्ने प्रश्नमा उनले 'लालपुर्जाको विषय कसरी आयो भने उहाँहरुको कति जग्गा छ र कति मल चाहिन्छ भनेर प्रावधिकले सुझाव दिए अनुसार मल उपलब्ध गराउन हो ।' भनिन् ।

३ भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराइराखेको बताएकी छन् ।

नेपालमा तीन तहको सरकार रहेको उल्लेख गर्दै उनले मलको वितरणमा तीन वर्ट सरकारको भूमिका रहने गरी कार्यविधि रहेको बताइन् । कार्यविधि अनुसार काम गरिराखेको उनले बताएकी हुन् ।

सिंहदरबारमा रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सांसद र मन्त्रीहरूको संयुक्त छलफलपछि उनले यस्तो बताएकी हुन् ।

मन्त्री चौधरीलाई पत्रकारले किसानले मल पाउन लालपुर्जा देखाउनुपर्ने हो ? भनेर सोधे । जवाफमा उनले लालपुर्जा किन चाहिन्छ भनेर हेरिदिन आग्रह गरिन् ।

‘लालपुर्जाको विषय कसरी आयो भने उहाँहरुको कति जग्गा छ र कति मल चाहिन्छ भनेर प्रावधिकले सुझाव दिए अनुसार मल उपलब्ध गराउन हो ।’

यसलाई नकारात्मक नहुन उनले आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?