+

क्यानडाको मुख्य प्रशिक्षकबाट हटे मोन्टी देशाई

२०८३ भदौ  ४ गते ८:०३ २०८३ भदौ ४ गते ८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पदबाट बाहिरिएका छन्, र उनले सामाजिक सञ्जालमार्फत बिदाइको पुष्टि गर्दै धन्यवाद दिएका छन्।
  • क्यानडाले मे महिनामा दोस्रोपटक देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो, र लिग–२ मा चार खेल बाँकी रहँदा टोली शीर्ष चारभन्दा ६ अंकले पछाडि छ।
  • क्रिकेट क्यानडाले ५ दिनअघि १५ अगस्टमा प्रशिक्षक पदका लागि आवेदन खुलाएको देखिएको छ।

४ भदौ, काठमाडौं । क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पदबाट बाहिरिएका छन् । देशाई नेपाली क्रिकेट टोलीका पनि पूर्वप्रशिक्षक हुन् ।

क्यानडाले मे महिनामा दोस्रोपटक देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान र स्कटल्यान्डमा भएका दुई त्रिकोणात्मक सिरिजमा टोलीको जिम्मेवारी सम्हालेका थिए ।

लिग–२ मा चार खेल बाँकी रहँदा क्यानडा शीर्ष चारभन्दा ६ अंकले पछाडि छ । त्यसैले सन् २०२७ एकदिवसीय विश्वकपको यात्रामा टोली विश्वकप क्वालिफायर प्ले–अफ खेल्ने अवस्थामा पुगेको छ ।

देशाईले सामाजिक सञ्जालमार्फत आफ्नो बिदाइको पुष्टि गर्दै यो छोटो तर अर्थपूर्ण अध्याय रहेको बताएका छन् ।

‘छोटो अध्याय थियो, तर निकै अर्थपूर्ण। दिगो सफलता समय, विश्वास, तयारी, बलियो सम्बन्ध र सामूहिक जिम्मेवारीबाट निर्माण हुन्छ भन्ने मेरो विश्वास अझ बलियो भएको छ। खेलाडी, सहयोगी स्टाफ र यो यात्रामा साथ दिने सबैलाई धन्यवाद’ देशाईले लेखेका छन् ।

देशाईसँग दुई दशकभन्दा बढीको अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव छ । उनले यूएई, अफगानिस्तान, नेपाल र क्यानडाको राष्ट्रिय टोली सम्हालिसकेका छन् ।

नेपालमा उनको कार्यकाल विशेष सफल मानिन्छ। देशाईकै प्रशिक्षणमा नेपालले क्रिकेट विश्वकप लिग–२ मा ऐतिहासिक पुनरागमन गर्दै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको थियो ।

उनले २०२४ टी–२० विश्वकपमा पनि नेपालको मुख्य प्रशिक्षकका रूपमा टोलीको नेतृत्व गरेका थिए ।

यसैबीच क्रिकेट क्यानडाले ५ दिनअघि १५ अगस्टमा नै प्रशिक्षक पदका लागि आवेदन खुलाएको देखिएको छ ।

क्यानडा क्रिकेट मोन्टी देशाई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय