News Summary
Generated by OK AI. Editorially reviewed.- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को २३ औं संस्करणका लागि इम्बार्क कलेजले हायर एजुकेसन पार्टनरको रूपमा साथ दिएको छ।
- सम्झौताअनुसार मञ्चले छनोट गर्ने एक राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति दिनेछ।
- १८ भदौमा काठमाडौंमा हुने अवार्डको पिपल्स च्वाइस विधामा पूजा राना, रवीन्द्र ढाँट, शेर मल्ल, मीना सुनार र सानुमाया थिङ मनोनयनमा छन्।
४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ ।
यही १८ भदौमा काठमाडौंमा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३ औं संस्करणका लागि इम्बार्क कलेज हायर एजुकेसन पार्टनरको रूपमा जोडिएको छ ।
बिहीबार भएको सम्झौता कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरको तर्फबाट नीरज न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
त्यसबापत मञ्चले छनोट गर्ने एक राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम १८ लाख सम्म) प्रदान गर्नेछ । मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप कार्यक्रममा पनि एम्बार्क कलेजले सहयोग गर्ने मञ्चले जनाएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित कार्यक्रम पल्सर स्पोर्ट्स अवार्डमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै ठाकुरले आगामि दिनमा सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को तयारी अन्तिम चरणमा पुगिसकेको छ ।
नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।
उक्त विधामा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ मनोनयनमा छन् । मनोनयनमा परेका खेलाडीलाई खल्ती वालेटबाट मत दिन सकिनेछ ।
यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजबाट पनि खेलाडीहरुको फोटोमा लाइक गरी मत दिन सकिनेछ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथ्लिट अनर र एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड दिइनेछ ।
प्रतिक्रिया 4