+
+
Shares

तोलामा ३ हजार ३ सय बढ्यो सुन, सातामै १५ हजार महँगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो।
  • चाँदीको भाउ पनि तोलामा १३० रुपैयाँ बढेर ४ हजार ९८५ रुपैयाँ कायम भएको छ।

५ भदौ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँ थियो। एक सातामै सुनको भाउ १५ हजार १ सय रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ ३ लाख १ हजार ६ सय रुपैयाँ थियो ।

चाँदी तोलामा १३० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ९८५ रुपैयाँ कायम गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?