+
+
Shares

भ्याली ब्वाइज होस्टलमा युवक हत्या प्रकरण : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ

घटनामा संलग्न पटेल भने फरार थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा २२ वर्षीय वसन्त कालाथोकीको धारिलो हतियार प्रहार गरी हत्या आरोपित २० वर्षीय प्रमित पटेल पक्राउ परेका छन्।
  • घटनामा संलग्न १८ वर्षीय शेखर यादव यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
  • पक्राउ परेका पटेललाई मकवानपुरको भैंसेबाट काठमाडौं ल्याइँदै रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

५ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा एक युवकको हत्या आरोपित फरार प्रमित पटेल पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २0 वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका हुन्।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न पटेल भने फरार थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।

पक्राउ परेका पटेकललाई काठमाडौं ल्याइँदै रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

उनले घटनाको थप अनुसन्धान जारी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?