News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ।
- नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो, जसमा पवन सर्राफले सर्वाधिक ४१ रन बनाए।
- एनटीले १२३ रनको लक्ष्य १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो, जसमा दोत्जी होगनबोजमले अविजित ४० रन बनाए।
- नेपालले दोस्रो खेल शनिबार बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्नेछ।
५ भदौ, काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
शुक्रबार डार्विनको डीएक्सी एरेनामा भएको खेलमा नेपाल एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य एनटीले १५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
एनटीका लागि दोत्जी होगनबोजमले अविजित अर्धशतक बनाए । उनले ३७ बलमा ४० रन बनाए । जोर्डन सिल्क ४२ रनमा अविजित रहे । नेपालका लागि दुवै विकेट पवन सर्राफले लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।
नेपालका लागि पवन सर्राफले ४९ बलमा सर्वाधिक ४१ रन बनाए । लोकेश बमले १६ तथा नारायण जोशीले १५ रन बनाए ।
एनटीका लागि ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । टम मेन्जिस, साम बार्कर, विलियम ब्लयेर र डार्शी शर्टले १-१ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा शनिबार बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्नेछ ।
प्रतिक्रिया 4