News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलोपटक भइरहेको पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६ मा दीपक थापाले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ सेटले हराए ।
- मलेसियाका अबिनाश अनबुसुले नेपालका सरोज लामालाई ३–० ले पराजित गरे भने श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई ३–० ले हराए ।
- नेपाल स्क्वास र्याकेट संघको आयोजनामा भएको प्रतियोगितामा ६ देशका १६ खेलाडी सहभागी छन् र भदौ ९ गतेसम्म चल्नेछ ।
६ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६ मा नेपाली खेलाडी दीपक थापाले विजयी सुरुवात गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पुरुष एकलतर्फको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ सेटले पराजित गरे । उनले पहिलो, तेस्रो र चौथो सेट क्रमशः ११–७, ११–४ र ११–४ ले जित्दा दोस्रो सेट ९–११ ले गुमाएका थिए ।
अन्य खेलमा मलेसियाका अबिनाश अनबुसुले नेपालका सरोज लामालाई ३–० को सोझो सेटमा हराए भने श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई पनि ३–० ले पराजित गरे ।
नेपाल स्क्वास र्याकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतका १६ खेलाडी सहभागी छन् । प्रतियोगिता भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।
कुल १ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ४०० डलर, उपविजेताले २०० डलर तथा सेमिफाइनल र क्वार्टरफाइनल पुग्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4