News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खुरुक्याही टोलमा करेन्ट लागेर ४५ वर्षीय मो. इसा अंसारीको मृत्यु भएको छ।
- प्रहरीका अनुसार आइतवार दिउँसो करिब १:४५ बजे आफ्नै खेतमा पानी तान्ने मोटरको तार मिलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
- जिल्ला प्रहरी कार्यालय सिरहाले घटनास्थलको मुचुल्का गरी थप अनुसन्धान गरिरहेको छ।
७ भदौ, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खुरुक्याही टोलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मो. मियाका छोरा अन्दाजी ४५ वर्षीय मो. इसा अंसारी रहेका छन् ।
प्रहरीका अनुसार आइतवार दिउँसो करिब १:४५ बजे घरदेखि करिब एक मिनेट पूर्व रहेको आफ्नै खेतमा पानी तान्ने मोटरको तार मिलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर भएका अंसारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरी टोलीले घटनास्थलको मुचुल्का लगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4