+

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहकार्य निरन्तर

२०८३ भदौ  ७ गते २१:५५ २०८३ भदौ ७ गते २१:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करणका लागि नासा सेक्युरिटीज कम्पनी लिमिटेडले ‘स्टक ब्रोकरेज पार्टनर’ सहकार्य निरन्तरता दिएको छ।
  • भदौ १८ गते काठमाडौंमा हुने अवार्डमा नासा सेक्युरिटीजले सहप्रायोजन गर्नेछ र मञ्चले कम्पनीलाई आधिकारिक स्टक ब्रोकरेज पार्टनरका रूपमा प्रवर्द्धन गर्नेछ।
  • यस वर्षको पिपुल्स च्वाइस अवार्डमा पूजा राना, रविन्द्र ढाँट, शेर मल्ल, मिना सुनार र सानु माया थिङ मनोनयनमा परेका छन्।

७ भदौ, काठमाडौं । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड को २३औं संस्करणका लागि नासा सेक्युरिटीज कम्पनी लिमिटेडको सहकार्यले निरन्तरता पाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र नासा सेक्युरिटीजबीच भएको सम्झौताअनुसार कम्पनी यस वर्ष पनि अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ बनेको छ । सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटीजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरेका छन् ।

भदौ १८ गते काठमाडौंमा आयोजना हुने स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजले सहप्रायोजन गर्नेछ भने मञ्चले कम्पनीलाई आधिकारिक स्टक ब्रोकरेज पार्टनरका रूपमा प्रवर्द्धन गर्नेछ ।

यस वर्षको पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना, एमएमएका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र करातेकी सानु माया थिङ मनोनयनमा परेका छन् ।

उनीहरूका लागि खल्ती वालेट, एनएसजेएफ स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिनेछ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा उत्कृष्ट पुरुष र महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपुल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथ्लिट अनर तथा एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी नौ विधामा सम्मान प्रदान गरिनेछ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय