+
+
Shares

सामसङको मनसुन अफर : टीभी तथा होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले टीभी र होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक र उपहारसहित मनसुन अफर ल्याएको छ।
  • अफरअन्तर्गत चुनिएका टीभी खरिदमा १२ महिनासम्म निःशुल्क नेट टीभी सब्स्क्रिप्सन र निःशुल्क साउन्डबार उपलब्ध हुने कम्पनीले जनाएको छ।
  • एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक पाइनेछ।

८ भदौ, काठमाडौं । सामसङ नेपालले आफ्ना टीभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर ल्याएको छ ।

सामसङ नेपालले यस मनसुनमा उपभोक्ताका लागि आफ्ना नयाँ टिभी, वासिङ मेसिन र रेफ्रिजेरेटर रेन्जमा विशेष अफर सार्वजनिक गरेको हो ।

प्रिमियम प्रविधि र सुविधालाई सहज रूपमा उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले ल्याइएको यो अफरमार्फत घरायसी उपकरण अपग्रेड गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत चुनिएका होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुनेछ । यस्तै, चुनिएका टीभी मोडल खरिद गर्दा १२ महिनासम्मको निःशुल्क नेट टीभी सब्स्क्रिप्सन र निःशुल्क साउन्डबारलगायतका उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले ७ केजीदेखि १२ केजीसम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल तथा एसएटीएल वासिङ मेसिन खरिदमा २३ प्रतिशतसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड सामसङ रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सामसङका अनुसार यस अफरले घरमा मनोरञ्जनको अनुभवलाई अझ इमर्सिभ बनाउन, दैनिक लुगा धुने कामलाई स्मार्ट बनाउन तथा भान्साका आवश्यक उपकरण अपग्रेड गर्न चाहने ग्राहकका लागि विभिन्न विकल्प उपलब्ध गराउनेछ ।

कम्पनीले मनसुन अफरमार्फत ग्राहकलाई आफ्ना आवश्यकता र रोजाइअनुसारका टिभी तथा घरायसी उपकरण खरिद गर्न थप सहज हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?