+
+
Shares

सुनचाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ घटेर ४ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
  • महासंघका अनुसार एक सातामै सुनको भाउ १५ हजार ४ सय रुपैयाँ बढेको छ।

९ भदौ, काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदी ६५ रुपैयाँ घटेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १५ हजार ४ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।

चाँदी तोलामा ६५ रुपैयाँ घटेसँगै आज ४ हजार ९०० रुपैयाँ कायम भएको छ अघिल्लो दिन चाँदीको भाउ आज ४ हजार ९६५ रुपैयाँ थियो । गत मंगलबार चाँदी ४ हजार ७५५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?