News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका तीव्र गतिका बलर ब्राइडन कार्स मदिरा सेवनपछि अनुशासनविपरीत व्यवहार गरेको आरोपमा दोस्रो टेस्टबाट हटाइएका छन् ।
- डर्बीशायर प्रहरीले उनलाई डर्बी सहरको एक बारबाहिर नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको जनाएको छ ।
- ईसीबीले अनुसन्धान जारी रहेसम्म कार्स उपलब्ध नहुने जनाएको छ र उनको स्थानमा सोनी बेकरलाई टोलीमा समावेश गरिएको छ ।
९ भदौ, काठमाडौं । इंग्ल्यान्डका तीव्र गतिका बलर ब्राइडन कार्स पाकिस्तानविरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन् । डर्बीमा शनिबार राति मदिरा सेवन गरी अनुशासनविपरीत व्यवहार गरेको आरोपमा केही समय पक्राउ परेपछि इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)ले उनलाई टोलीबाट हटाएको हो ।
३१ वर्षीय कार्स शनिबार डर्बीशायरविरुद्ध डरहमको जितपछि भएको उत्सवमा सहभागी भएका थिए । त्यसक्रममा उनलाई डर्बी सहरको एक बारबाहिर प्रहरीले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको थियो ।
डर्बीशायर प्रहरीले मदिरा सेवन गरी अव्यवस्थित व्यवहार गरेको आशंकामा ३० वर्ष उमेर समूहका एक व्यक्तिलाई पक्राउ गरिएको र केही समयपछि क्षेत्र छाड्ने सहमतिमा रिहा गरिएको जनाएको छ ।
कार्स नै ती व्यक्ति रहेको बुझिएको छ । घटनाको ईसीबीले अनुसन्धान अघि बढाएपछि स्वतन्त्र क्रिकेट नियामक निकायले पनि छानबिन गर्ने भएको छ । अनुसन्धान जारी रहेसम्म कार्स दोस्रो टेस्टका लागि उपलब्ध नहुने ईसीबीले जनाएको छ ।
कार्सेको स्थानमा ह्याम्पशायरका सोनी बेकरलाई इंग्ल्यान्डको टोलीमा समावेश गरिएको छ । पाकिस्तानविरुद्धको दुई टेस्टको सिरिजमा इंग्ल्यान्ड १–० ले अघि छ । पहिलो टेस्टमा इंग्ल्यान्डले इनिङ्स र १०३ रनको फराकिलो जित निकालेको थियो ।
कार्सको घटना पछिल्लो एक वर्षमा इंग्ल्यान्डका खेलाडीको मैदानबाहिरको व्यवहारलाई लिएर उठेको विवादको अर्को कडी बनेको छ । यसअघि ह्यारी ब्रुक, बेन स्टोक्स र गस एट्किन्सनसमेत पार्टी तथा मदिरासँग सम्बन्धित घटनाका कारण चर्चामा आएका थिए ।
कार्स यसअघि पनि अनुशासनसम्बन्धी कारबाहीमा परिसकेका छन् । उनले सन् २०१७ देखि २०१९ बीच विभिन्न क्रिकेट खेलमा ३०३ वटा सट्टेबाजी गरेका कारण २०२४ मा प्रतिबन्ध भोगेका थिए ।
तीमध्ये उनले आफू सहभागी भएका खेलमा भने कुनै बाजी लगाएका थिएनन् ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4