+

बाढीपछि रसुवाका ६ स्वास्थ्यकर्मी सम्पर्कविहीन, दुई स्वास्थ्य चौकी बगायो

२०८३ भदौ  १० गते १५:४१ २०८३ भदौ १० गते १५:४१
बाढीपछि रसुवाका ६ स्वास्थ्यकर्मी सम्पर्कविहीन, दुई स्वास्थ्य चौकी बगायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपछि रसुवाका टिमुरे र स्याप्रुबेसीका स्वास्थ्यचौकी बग्दा त्यहाँ कार्यरत ४ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन्।

१० भदौ, काठमाडौं । आज बिहान आएको बाढीपछि रसुवाका ६ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घर्ती मगरले दिएको जानकारी अनुसार टिमुरे र स्याप्रुबेसीमा रहेको स्वास्थ्यचौकी बाढीले बगाएको छ । दुवै स्वास्थ्यचौकीमा कार्यरत २–२ जना स्वास्थ्यकर्मी हालसम्म सम्पर्कमा आएका छैनन् ।

त्यसैगरी रसुवागढी नाकाका हेल्थ डेक्समा कार्यरत हेल्थ असिस्टेन्ट गोविन्द यादव पनि सम्पर्कविहीन छन् । उत्तरगया गाउँपालिका स्वास्थ्य संयोजक पनि सम्पर्कमा नआएको घर्ती मगरले जानकारी दिए ।

धेरै ठाउँको सञ्चार सम्पर्क टुटेकाले सबै जानकारी प्राप्त हुन नसकेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तारापती बिसीले बताए ।

रसुवागढी स्वास्थ्यकर्मी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय