News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घाइतेको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्।
१० भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । भोटेकोशी–त्रिशुलीमा आएको भीषण बाढीमा परेका घाइतेको अवस्था बुझ्न मन्त्री मेहता केहीबेर अघि अस्पताल पुगेको उनको सचिवालयले जानकारी दिएको छ । अस्पताल पुगेर उनले घाइतेको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएकी हुन् ।
त्रिवि शिक्षण अस्पतालमा बाढीमा परेका २१ जना घाइतेको उपचार भइरहेको छ ।
बाढीका कारण अहिलेसम्म ९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । ६३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4